00:00:00

समाचार

ad-img

छोरेपाटन सिमलटुँडा भवनमा उदघोषण तालिम ....

म  सक्छु । म बोल्छु भन्दै कर्म गरियो भने हरेक क्षेत्रमा सफल भईने रहेछ । जुन आत्मविश्वास हामीलाई बोल्ने कला तालिमले जगाईदिएको छ । अहिले सम्म पछि परेको  हामी आफनै कारणले पो रहेछ । छोरेपाटन सीमलटुडा आमा समुहले आयोजना गरेको  महिलाहरुद्धारा समाज रुपान्तरणका लागि सकारात्मक सोच एंव ५ दिने उदघोषण तालिम पछि  महिलादिदिवहिनीको मनमा उत्पन्न प्रतिक्रिया हो यो । 
 
 तालिममा पोखरालेखनाथ महानगरपालिका वडा नं. १७ का ७ महिलासमुहको सहभागिता रहेको थियो । बगलटारी पञ्चकन्या आमासमुह, सीतलचौतारी आमासमुह ,लालीगुराँस आमा समुह , शान्ति महिला आमा समुह , महिला जागरण केन्द्र , छिमेकी आमा समुह र आयोजक छोरेपाटन सीमलटुडा महिला समुह समेत गरी समुहरुबाट ६५ जनाको सहभागिता रहेको थियो । 
 
तालिमको समापन समारोहका प्रमुख अतिथि एंव पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले महिलाहरुलाई सशक्त बनाउनको लागि पनि बोल्ने कला एंव सकारात्मक सोचको अत्यन्तै आवश्यकता रहेको बताउनुभयो । १७ वडाका जनताले आफुलाई स्थानीय चुनाव मा जिताई वडाप्रमुख बनाएको पर्मस्वरुप वडामा विकास र परिवर्तनका कार्य गर्न अझै बाँकी रहेको भन्दै आफनो हरेक कार्य मा जनसमुदायसँग  सहकार्य गर्ने बताउनुभयो। जनताको लागि माईक मा बोलेरै भनिहाल्ने त्यस्तो कार्य खासै गर्न नसकिएको तर गर्ने तयारीमा रहेको हुँदा सम्पुर्ण वडाबासीलाई सहकार्यमा सरिक हुन पनि उहाँले अनुरोध गर्नुभयो । 
 
 
 । छोरेपाटन टोलसुधार समितिका अध्यक्ष चुडामणि बराल ले महिलाहरु लाई सक्रिय भएर अगाडि बढेकोमा खुशी व्यक्त गर्नुभयो। सकारात्मक सोच मनमा लिएर हिडन सकियो भने हरेक कार्य सफल हुने सम्पुर्ण सहभागी हरुलाई मनमा सकारात्मकता ल्याउन आग्रह गर्नुभयो । तालिम पछि सहभागिहरुमा प्रत्यक्ष प्रभाव भेटिएको हुँदा यस्ता तालिमहरु सक्रिय सहभागिता जनाउन पनि आग्रह गर्नुभयो । बगलटारी पञ्चकन्या आमा समुहकी अध्यक्ष तारा गुरुङ ले आफुहरुले पहिला माईक समाउँदा आत्मविश्वास नजागेको तालिम पछि भने आत्मविश्वास बढेको बताउनुभयो 
 
सीमलटुँडा टोलविकास संस्थाका अध्यक्ष गुप्तबहादुर गुरुङले आफु स्वयम पनि तालिममा सहभागि हुँदा र महिला दिदिवहिनीहरु तालिम पछि आएको परिवर्तन देख्दा खुशी लागेको बताउनुभयो । निबर्तमान अध्यक्ष ढकमाया भुजेलले आफुहरु लाई तालिमले थप उर्जा थपिदिएको बताउनुभयो । छोरेपाटन सीमलटुडा आमा समुहकी अध्यक्ष बदम कुमारी गुरुङले आफुहरु माईमा निर्धक्क सँग बोल्न सकेको र आगामी दिनमा यस्ता अन्य तालिमहरु  टोल लाई आवश्यक भएको बताउँदै पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ का अध्यक्ष तीर्थराज अधिकारीप्रति सहकार्यको अनुरोध गर्नुभयो । अहिले नबोले कहिले बोल्ने मैले नबोले कस्ले बोल्ने त्यसै यो तालिमले हामी झन सक्षम भएका छौ भन्दै अब महिला समुहहरु अग्रसर हुँदै जानुपर्नेमा जोड दिनुभयो ।समुह की अध्यक्ष बदमकुमारी गुरुङको सभाध्यक्षतामा संचालन गरिएको कार्यक्रको स्वागत मन्तव्य अमृता ढकालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन समुहकी उपाध्यक्ष बबिता गुरुङले गर्नुभएको थियो । ५ दिन सम्म संचालन गरिएको तालिममा , नेपाल प्लस की नरमाया रसाईली गंगा मरासिनी बराईली र कम्पास लाइफ टे्रनिङ सेन्टर का भक्तराज रसाईलीले प्रशिक्षण दिनुभएको थियो । 
 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...