00:00:00

समाचार

ad-img

संकार वसाल्दै गए राम्रो नै होला ।

अनिता घिमिरे ,पोखरा 

 

धैर्य धारण गर्ने शक्ति मिलोस । यो शव्द हामीले कहिकतै सामाजिक सन्जालमा देख्ने वित्तिकै या कसैको मुखवाट सुन्ने वित्तिकै हाम्रो दिमागमा झ्वाट्ट आइहाल्छ ओहो ! विचराको घरमा को मरेछ वा कोही प्रियजनको मृत्यु भो । अनि फटाफट कमेन्ट गर्न थाल्छौ हामी रिप, मृत आत्माको चिर शान्तिको कामना, स्वर्गमा वास होस आदि इत्यादी । 
पिडा भन्ने शव्द सवैलाई पिडादायी हुन्छ । हो पिडा सवैको जिवनमा आउँछ । पिडाको परिकार फरक होला तर पिडाको दुखाई समान हुन्छ । कसैको आँखावाट आँशु वनेर भुइमा झर्छ त कसैको मनलाई चोट पर्छ, मुटु छिया छिया हुन्छ । सवैको मन रुन्छ जो जसलाई जस्तो पिडा परेपनि धैर्य धारण गर्न सक्ने शक्तिको खाँचो पर्छ । 
शोकाकुल परिवारजनमा मात्र लागु हुने शव्द हुदै होइन यो । तर हामी भन्न सकिरहेका हुदैनौं । तिमीलाई यो पिडा सहने गरी धैर्य धारण गर्ने शक्ति मिलोस ।कोही एक्सिडेण्टमा परेर ठूलो चोट लाग्छ, कसैलाई नराम्रो रोग लाग्छ, कोहि प्राकृतिक प्रकोपको चपेटामा परिन्छ । जस्तो परिस्थितिमा पनि हामीलाई धैर्य धारण गर्न सक्ने शक्तिको आवश्वकता पर्छ । 
हामी कसैलााई दुःख परेको कुरा सुन्छौ या उ अहिले एस्तो पिडामा छ रे भन्ने थाहा पाउँछौ अनि उसलाई भेट्न नगएर वस्न सक्दैनौं र जान्छौं पनि । गएर भेट्छौ हाम्रो भेट पछि पिडितलाई राहत हुनुपर्ने हो नि तर हमी विचरा, कठै वरा, थैय जस्ता शब्दले उसको पिडालाइ झन थप्ने काम गरिरहेका हुन्र्छौ । विचरा, कठै वरा, थैय जस्ता शब्द प्रयोग गर्नुको सट्टामा तिमीलाइ यस्तो परेछ कुनै पिर नगर , सव ठिक हुन्छ भनेर उसलाइ शान्त्वना संगै धैर्य धारण गर्ने शक्ति मिलोस भनेर हामी कामना गर्ने संकार वसाल्दै गए राम्रो नै होला ।

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...