00:00:00

समाचार

ad-img

न ओतको लागि छानो, न खानाको लागि मानो

दाङ पुस । शीतले लुथुक्कै भिजेकी लिली हात खुट्टा चिसो काफ्दै थिए । ठाउँ –ठाउँमा प्वाल परेको चोली र थोत्रो धोतीमा बेरिएकी मानपुर ७ वनकट्टाकी लिली सार्की माथि रातभरको चिसो र हुस्सु शरिर भरिनै थियो । टहरो मुनी बस्दै आएकी लिली संग लगाउनलाई होस् या ओड्नलाई कुनै न्याना कपडा छैनन् ।
 
घर भित्र हेर्दा चामलको बोरा , नुन तेल, राख्ने भाडाहरु सबै रित्ता थिए । चौवाखोलाको डिलमा बस्दै आएकी बृद्ध खान समेत नपाएर भोक भोकै बस्नु पर्ने अबस्था रहेको रहेको छ । ७० बर्षीय लिली सार्कीसंग यतिबेला न रातमा ओतलाग्ने छाप्रो छ न खानलाई मानो नै छ दिनरात भोकै भोकै बस्न बाध्य बनेको स्थानिय खलबहादुर नेपालीले वताए । भत्किएको छाप्रोमा बस्दै आएकी लिलीको निकै कष्टपूर्ण अबस्था छ । ‘सम्पतिको नाममा टहरो मात्र छ, लिलीले भनिन् – यसैमा बस्दै आएको छु बासको सिटाले अड्याएको बुकुरोका भित्ता भत्किएका छन् । छानाको नाममा खरका दुईचार वटा मुठा प्लास्टिक छाताका टुक्राटाक्रीले छानोको बनाएकी छिन उनले । ओछ्यान के भन्नु ? थोत्राथोत्री लत्ताकपडाले टालेका थाङ्ना मात्र छन् ।
 
 
 
तीन छोरीकी आमा लिली कहिले काँही माईत आउँने छोरी ज्वाई पनि रक्सी खाएर उल्टै घरबाट निकल्ने गरेको वताइन् । मैलो शरिर, मयलले कटकटिएका पुराना कपडाले लाज ढाकेकी लिली श्रीमानको मृत्यु भएसंगै दुःख पाउँदै आएको वताइन । ‘फेर्ने कपडा छैन, सुत्नलाई ओछ्यान छैन । अरु त के खानलाई अन्नै छैन ।’ फालेका पुराना कपडा, स्याउलाले छोपेको झुप्रोभित्र पुष र माघमा महिनामा शीत र बर्षाको समयमा पानी पसेर ताल पर्ने भएकाले जोरजुम गरेको ओछ्यान पनि भिज्ने उनको भनाइ छ । ‘खानलाई चामल, नून तेल क्यै छैन, मागेर कसैले दिदैन, लिलीले भनिन् , ‘भोकभोकै बस्ने बानी पर्न लागे अब ,’ उनले सुनाइ । पहिले माग्न गएपछि गाउँलेहरुले अलि–अलि सहयोग गरे पनि आजभोली कसैले केही नदिने गरेका उनले दुखेसो गरिन । ढुङ्गा राखेर बनाएको उनलको चुलो कहिलेकाँही मात्र बल्ने गर्छ । ‘कसैले दया गरेर चामल र पीठो ल्याइदिए मात्र खाना पाक्ने गर्छ, लिलीले गहभरि आँसु पार्दै भनिन् , ‘काम गर्न सक्ने अवस्था छैन, माग्न जाँदा छोराछोरी होलान् त भन्दै रित्तो हात फर्काइदिन्छन् ।’ गाउँतिर गएर माग्नुभन्दा भोक भोकै बस्छु उनले बताइन ।
 
 
 
आफुलाई देख्दा गाउँका केटाकेटीसमेत भाग्ने गर्छन् भने कतिपय गाउँलेहरुले बाहिरबाट आएका मान्छेहरुसँग यी बृद्ध बहुला भएकोसमेत भन्दा रहेछन् उनले दुखेसो पोखिन । गरिबीले आक्रान्त ती बृद्ध रुँदै आफूहरु बाचुञ्जेल सजिलरी बाँच्ने गरी सहयोग गरिदिन आग्रह गरे । ‘साँझ–बिहानको छाक टार्ने केही छैन, लिलीले हात जोड्दै भनिन् , ‘मान्छेको जुनी बाँच्न सकिएन । चौवाखोलाको छेऊमा यी वृद्ध दम्पतीको यो विजोग भएको ५० औ बर्ष वर्ष पुगिसकेछ तर अहिलेसम्म उनीहरुको पीडा बुझ्ने चेष्टा कसैले गरेको छैन । वृद्धाश्रम चलाउनेहरु, धर्मशाला खोल्नेहरु दलितका नाममा संघ संस्था चलाउँनेहरु अनि अलिकति मन र धन हुनेहरुले उनीहरुको उद्दार गरिदिए यी बृद्धको जीवनका अन्तिम दिनहरु केही सहज बन्थे कि ?

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...