00:00:00

समाचार

ad-img

ए सानु नरोउ नरोउ हेर

 

ए सानु नरोउ नरोउ हेर 
हाम्रो माया छुटिने ती आँसु नफाल न खेर 
 
परिस्थितिले मायालुसँग सम्बन्ध छुटिएनी आँखाको आँसुबाट माया नपोखियोस भन्ने  चाहना जो कुनै सच्चा प्रेमीमा पक्कै हुन्छ । यस्तै भाव समेटिएको गीत लेख्दै आएका गीतकार प्रकाश रसाईली ले यसपाली हे सानु नरोउ नरोउ हेर गीत दर्शक श्रोतामा पस्किएका छन । माया छुटेपनि संसार हेरी चित्त बुझाउनुपर्ने , रोजेको र खोजेको सहजै प्राप्ति हुन नसकेको भाव,समाजमा व्याप्त पुरातन सोच , माया  गर्ने हरु प्रति हेरिने नकारात्मक सोच लाई गीतले यसरी भाव  पोखेको छ 
 
मुनामदन छुटायो भोटले 
हामी छुटयौ समाजको खोटले । 
 
गीतको सुरुदेखि अन्त्यसम्म सुन्दा माया प्रेममा विछोडिएपनि एक अर्कालाई सम्हालिन उत्प्रेरित गराएको संकेत भेटिन्छ । मन मुटु देखि सिर्जित सुन्दर रचनालाई  जादुमयी कर्णप्रीय स्वरकी खानी शान्ति श्री परियार र रबि गोतामे को स्वरले झनै प्रीय बनाएको छ । सुदिप सागर ले गीतमा एरेञ्ज गरेका छन भने गीतको म्युजिक भिडियो लाई प्रकाश भट्टले निर्देशन गरेका हुन  । 
 
ओबी रायमाझी ,अञ्जली अधिकारी र रमेश दर्नालको निकै राम्रो अभिनय म्यजिक भिडियोमा देखिन्छ । 
अग्रजहरुको साथ र माया लाई नजिकबाट पाएर लोकगीत संगीतको आकाशमा उदाउने प्रयास गरेका गीतकार प्रकाश रसाईली स्वयम आफैले यो भन्दा अगाडि ‘आँटो ढीडो ’गीतमा आफनै स्वर दिइसकेका छन  । बिगत ३ बर्ष यता संचार क्षेत्रमा प्रबेशिए सँगै लोकसाँगितिक यात्रामा पाईला चाल्न झनै उत्प्रेरणा जागेको बताउने रसाईलीले  अरुले दिएका कथा बस्तुमा सजिलै शब्द उन्दै आएका छन । लोक साँगितीक दुनियामा यात्रा सफल रहोस शुभकामना । 
 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...