00:00:00

समाचार

ad-img

शिब को लभ फ्युजन

शिब को लभ फ्युजन 

नाम लिदै नृत्यको वादशाह भन्छन उनलाई । गीत हात परयो कि अलि फरक तरिकाले निर्देशन गर्नु पहिचान बनिसकेको छ म्युजिक भिडियो एंव नृत्य निर्देशक शिव बि.क लाई । केहि वर्ष यता शिबमा संगीतको भोक जागेको छ  र लिएर आएका छन आफनै संगीत र स्वरमा रयाप पप शैलीको गीत लभ फ्युजन ।

पुस्ता हरेक वर्ष फेरिदो छ । जमाना आधुनिकतामा बगेको छ । भिडियो मा त नयाँ पन दिएका थिए नै । लभ फ्युजन सुन्ने हो भने   संगीत र स्वरमा पनि फडको मारेको भान  देखिन्छ शिबलाई । गोबिन्द प्रसाद उपाध्यायको शब्द मा उस्तै मेलखाने संगीत दिएर गायिका स्मृति शाहीलाई साथ लिएर आफनै स्वर घन्काएका छन यो गीतमा । यो गीतको भिडियो मा शिव वि.क आफै पनि फरक शैलीमा देखा परेका छन भने उनलाई साथ दिएका छन सुन्दर खवास र सुस्मा अधिकारीले । 

हुनत शिव वि.क द्धार निर्देशित  म्युजिक भिडियो ४५०० को हाराहारीमा पुगिसकेको छ । सधै अरुको अडियो लाई भिडियो निर्देशन गर्दै आएका निर्देशक शिबले केही बर्ष यता अडियोतिर नि फडको मारेका हुन ।   ‘जनम जनम हाम्रो माया छुटन नपरोस’ बोलको आधुनिक युगल  गीतमा संजीबनी सँग जोडी गायक बनेर पहिलोपटक आफनो स्वर,शब्द संगीत दर्शकश्रोतामा पस्केका थिए भने दोस्रोपटक ‘पीरतीको डोरी’ आफनै शब्द र संगीतमा श्याश्वेत रसाईली र देवी घर्तीको स्वरमा साथ दिएका थिए । 

हेरौ यसपटक आएको शिबको लभ फ्युजन ले कत्तिको माया बटुल्ने हो । भिडियो हेर्नको लागि 

4s Media युट्युव च्यानल .

 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...