00:00:00

समाचार

ad-img

आयो नरजंग गुरुङको ‘देउसी भैलो’

तिहारमा देउसी र भैलो नाच्दै गाउँदै गरौ न रमाईलो 
 
      नेपालीहरुको  महान पर्व दशै सकिएलगत्तै अर्को ठुलो पर्व तिहार लाई स्वागत गर्न आतुर देखिन्छन नेपालीहरु । रेडियो टेलिभिजनमा तिहारका देउसी भैलो गीत घन्किन सुरु भैसकेको छ ।  , बाटो घाटो र कौसीमा मखमली फुल फुलिसके । तिहार को देउसी भैलो खेल्ने तयारी बस्ती बस्तीमा भैसक्यो यही सन्दर्भ पारी कलाकार एंव गायक नरजंग गुरुङको देउसी भैलो गीत बजार आएको छ ।  पछिल्लो समय देउसी भैलो खेल्ने प्रकृति हेर्दा डीस्को र डान्सबार मा गएजस्तो हुन थालेको सन्दर्भमा संस्कृति झल्कने देउसी भैलो गीतले संस्कृतिमय संगीत जोगाएको अनुभुति गीतमा पाईन्छ । यमपञ्चकको पहिलो दिनदेखि भाईटीका सम्म के के गरिन्छ भन्ने सन्देश गीतमा सुन्न पाईन्छ । मुक्ति अधिकारी र दीपक सापकोटा को शब्दमा मौलिक गायक शैलीमा नरजंग गुरुङ,मुक्ति अर्याल र सुमि घलेले स्वर दिएका छन । गीतमा नरजंग गुरुङ कै संगीत र एरेञ्ज रहेको छ ।
       संयुक्त फील्मस प्रा.लि को प्रस्तुतिमा रहेको देउसी भैलो गीत प्रीज्म रेकिर्डिङ स्टुडियोमा गरिएको हो । गीतको शब्द संगीत र गायन मा मात्र मौलिकता नभई म्युजिक भिडियो मा पनि संस्कृति झल्कने दृश्य समेट्ने प्रयास गरिएको छ । दर्जनौ गीत मा स्वर दिईसकेका नरजंग गुरुङ को देउसी भैलो गीत भने पहिलो हो । 
 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...