00:00:00

समाचार

ad-img

कुरुप समय

कुरुप समय 

उषा शेरचन  (कबि एंव साहित्यकार

 
बिन्ती नदेखाउ भो 
हेर्न सक्तिन म
यस्ता हृदयविदारक तस्बिरहरु
जसले आमाको कोमल हृदयलाई 
पगाल्छ मात्रै
 
बिन्ती नसुनाउ भो 
सुन्न सक्तिन म
यस्ता मानवताहीन खबरहरु
जसले आमाकोे कोमल हृदयलाई 
चुँडाल्छ मात्रै
 
रगत र मासुले नभइ
ढुङ्गा र माटोले बनेको 
ओ१नरभक्षीहरु
 
सोच र विवेकले नभइ
फलामले बनेको 
ओ१ संवेदनहीन रोर्बटहरु
 
नबर्षाउ त्यसरी आगोका बर्षाहरु
निर्दोष कोपिलाहरु माथि
नझार त्यसरी बमका गोलाहरु
कलिला फूलहरु माथि
 
कलिला फूलका घाँटी निमोठ्दै हिँड्ने 
ओ १ पागलहरू
कति लिन्छौँ यसरी मातृत्वको परिक्षा रु
 
आमाका कोखहरूका खिल्ली उडाउने 
ओ१ दानवहरु 
कति घोट्छौँ यसरी मानवताको गला रु
 
आमा हुनुको अनन्त 
पीडा पनि कति खप्नु अब रु 
मानव हुनुको असीमित 
लज्जाबोध पनि कति गर्नु अबरु
 
बरु आमा हुनै अस्वीकार गर्छु म
यो घिनलाग्दो समयमा 
बरु सन्तान जन्माउनै अस्विकार गर्छु म
यो निष्ठुरी समयमा
 
अनि नारी बिनाको यो संसारमा 
चाहे राज गर वा राजनीति 
चाहे सत्ता खोस वा सिमाना
 
ओ १ कुरुप समय 
सक्छौ भने
या त बन्द गर हिंसाका
यस्ता क्रुर गतिविधिहरु
 
ओ१ कुरुप समय 
सक्छौ भने
समाप्त पार शक्तिका 
यस्ता नृशंस खेलहरु
 
यदि 
सक्तैनौँ भने 
कि त बन्द गरिदेउ 
आमाका धड्कनहरु 
वा 
सिलाई देउ 
आमाका पाठेघरहरु १
सिलाई देउ 
आमाका पाठेघरहरू ११

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...