00:00:00

समाचार

ad-img

बाराही रोधीघर संचालनमा

सुन्दर नगरी पोखराको मुटु महेन्द्रपुलमा पुर्ण पारिवारिक वाताबरण मा बाराही रोधीघर शुभारम्भ हुने भएको छ । रोधी घरको शुभारम्भ यही भाद्र १५ गते देखि भाद्र १९ गते सम्म विबिध सांगितिक कार्यक्रम गरेर गरिने छ । शुभारम्भको सन्दर्भ पारेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न प्रजापति पराजुली , पुरुषोत्तम न्यौपाने , शर्मिला गुरुङ , राजु गुरुङ,शिब हमाल,कुमार पुन,तारापति सुबेदी , चोलेन्द्र पौडेल,जीबन दाहाल , शंकर विरही गुरुङ,र सुरेन्द्र गुरुङ लगायतका कलाकारहरुको उपस्थिति रहने संचालक टहलसिंह थापाले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।  यो रोधी घरले चाडपर्ब लगायत हाम्रा विभिन्न संस्कार र संस्कृति झल्काउनुका साथै,लोक संस्कृतिलाई जिबन्त राखी कलाकार हरुलाई रोजगारी प्रदान गर्ने उद्धेश्य राख्दै पुर्व अन्तराष्ट्रिय भलिबल खेलाडी तथा अन्तराष्ट्रिय भलिबल रेफ्रि टहलसिंह थापा र लोकदोहोरी गायिका दिलु थापाले यो रोधीघर सचालनमा ल्याएका हुन । पचास लाख लागतमा संचालनमा ल्याईएको यो रोधी घर मा ३८ जना कर्मचारीले विभिन्न विभागमा रहेर रोजगार प्राप्त गर्ने संचालकले बताएका छन । 
 
प्रकाश रसाईली पोखरा,१४ भाद्र
 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...