00:00:00

समाचार

ad-img

दरखाने कार्यक्रममा नृत्य प्रशिक्षण

तीज कै दिन आफनै माईतीमा तीज मनाए नी हिजो आज तीज आउनु अगाडि नै आफना टोलका संघ संस्थाका दिदिवहिनीहरुलाई जम्मा पारेर दर खुवाउने परिपाटी छ । यो परिपाटीले एकअर्कामा सामीप्यता आत्मीयता पक्कै पनि बढाउनेछ । यही आत्मीयता आफनोपन का लागि छोरेपाटन सिमलटुँडा आमा समुह पोखरा १७ ले पनि आफनो टोलका दिदिवहिनीका लागि दरखाने कार्यक्रम सम्पन्न गरेको छ । अघिल्ला वर्षहरुमा दर मात्रै खुवाउदै आएको यो समुहले यसपटक भने  सीर्जनशील कार्यलाई अगाडि सार्दै समुहका दिदिवहिनीलाई नृत्य प्रशिक्षण गराएको थियो ।
५ दिन सम्म सिकाईएको प्रशिक्षणमा समुहका करिब ३० जना महिलाहरुको सहभागिता रहेको थियो । 
 
 
कार्यक्रमको उदघाटनमा बोल्दै सीमलटुँडा टोलविकास संस्थाका सल्लाहकार एंव शान्तिस्तुपा टोल का अध्यक्ष चेतबहादुर गुरुङले तीजको सन्दर्भ पारेर सीमलटुँडा आमा समुहले लिईएको नृत्य प्रक्षिणको सह्राना गर्नुभएको छ । दर खाने मात्र कार्यक्रम नभई कार्यक्रमलाई सीर्जनशील बनाउने प्रयास गर्दै लिईएको प्रशिक्षण  उदाहरणीय भएको भन्दै उहाँले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 
सीमलटुँडा टोलविकास संस्थाका निबर्तमान अध्यक्ष चुडामणि बराल ले पछिल्ला समयमा सीमलटुडा आमा समुहका दिदीबहिनीहरु निकै सक्रिय भएर हरेक तालिमहरुमा सरिक भएको मा खुशी व्यक्त गर्नुभयो । सीमलटुँडा भन्दा पहिला धेरै पिछडिएको भएपनि पछिल्ला दिनहरुमा विकास निर्माणमा सक्रिय भएको बताउनुभयो । 
सीमलटुँडा टोलविकास सँंस्थाका अध्यक्ष गुप्तबहादुर गुरुङले देशविदेश मा रहनुभएका दिदिवहिनीहरुलाई पनि कार्यक्रमबाट सम्झदै शुभकामना व्यक्त गर्नुभयो । आगामी दिनमा आमासमुहले गरेका सिर्जनशील कार्यमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 
छोरेपाटन सीमलटुँडा आमा समुहका अध्यक्ष बदमकुमारी गुरुङले आमा समुहले भाषणकला सिकेर बोल्न जानेको । नृत्य सिकेर नाँच्न जानेको मा प्रशिक्षक नरमाया रसाईली र नृत्य प्रशिक्षक होम सुनार प्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ताखालका तालिमहरुका आफुहरु सक्रिय भएर सहभागि हुने जनाउनुभयो ।  छोरेपाटन सिमलटुँडा आमा समुहकी अध्यक्ष वदमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव बबिता गुरुङले संचालन गर्नुभएको हो । 
 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...