00:00:00

समाचार

ad-img

संस्कृति र मौलिकता बचाउने बाटुलेचौर तीज मेला

 विगतका बर्षहरुमा झै यो वर्ष पनि हिमालय क्लब बाटुलेचौरले  ऐतिहासिक बाटुलेचौर तीजमेला २०७५ आयोजना गर्ने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान आफनो भाषा आफनो भेष जातिय पहिचान भन्ने नारा सहित आयोजना गरिने भव्य मेलामा विभिन्न कार्यक्रम संचालन गरिने छ ।
चार दिन सम्म संचालन गरिने मेला मा भाद्र २४ गते अन्तर विधालय स्तरीय  छात्र÷छात्रा हयाण्डबल प्रतियोगिता एंव भु.पु खेलाडी सम्मान  गरिने ,भाद्र२५ गते अन्तर विधालय स्तरीय लोकनृत्य प्रतियोगिता ,भलिबल प्रतियोगिता , र विभिन्न साँस्कृतिक कार्यक्रम गरिने , भाद्र २६ गते हयाण्डबल भलिबल प्रतियोगिता सँगै ऐतिहासिक बाटुलेचौर तीज मेला २०७५ को समुदघाटन गरिने छ । उक्त समुदघाटन कार्यक्रम मा सहयोगी संघसंस्था क्रियाशिल महिला पत्रकार , र लोकगायिका सम्मान , एकल महिलालाई सहयोग र शैक्षिक पुरस्कार वितरण कार्यक्रम गरिने , भाद्र२७ गते हयाण्डबल र भलिबलका फाइनल खेल,समुहगत तीज गीत तथा नृत्य प्रस्तुति ,घैटो फुटाउने ,म्युजिकल चियर , छेलो हान्ने खेल लगायत अन्य प्रस्तुतिहरु रहने आयोजकले बताएको छ ।
 
ऐतिहासिक रुपमा हेर्दा बाटुलेचौरको तीज मेला वि.सं. १५२५ भन्दा अगाडिबाट आरम्भ भएको देखिन्छ । तत्कालिन समयमा बाटुलेचौर क्षेत्र राजा कुलमण्डन शाहको शीतकालिन राजधानी भएको र नागपञ्चमीका दिनदेखि कास्की राज्यको राजधानी कास्कीकोटबाट बाटुलेचौरमा सार्ने प्रचलन रहेको थियो । त्यस लगत्तै तीज पर्ने भएको कारण यस दिन वरिपरिका महिलाहरु नजिकैको सेती गंगामा स्नान गर्न आउने र फर्कदा बाटुलेचौर मैदानमा भेला भई आफना मनका पीडाहरु गीतका माध्यमबाट अभिव्यक्त गर्ने गर्दथे । त्यसैले पनि विगतदेखि नै बाटुलेचौरको तीज मेला नेपालकै सवैभन्दा पुरानो ,विशाल भब्य र सभ्य मेलाको रुपमा परिचित हुँदै आएको छ । 
 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...