00:00:00

समाचार

ad-img

रक्षाबन्धन मनाउँदै कोपिला नेपाल

बिभिन्न कारणबाट कष्टपूर्ण जीवन जिउन बाध्य महिला तथा बालबालिकालाई लक्षित गरेर कोपिला नेपालले सांकेतिक रुपमा पवित्र चाड जनैपूर्णिमा अर्थात् रक्षाबन्धन मनाउने भएको छ । 
मनोसामाजिक तथा महिला सशक्तिकरण, सुरक्षा तथा वातावरणीय संरक्षणमा टेवा पु¥याउने उद्धेश्यले कोपिला नेपालले दाजुभाई दिदीबहिनीको सम्बन्धलाई सुमधुर र माया स्नेहले भर्ने पवित्र चाड रक्षाबन्धन अर्थात् जनैपूर्णिमा मनाउने भएको बुधबार एक विज्ञप्ती मार्फत जानकारी गराइएको हो । 
पवित्र चाड रक्षाबन्धनको अवसरमा संस्थामा रहेका महिला तथा बालबालिकाको कमजोर  स्थितिलाई उजागर गर्न र मनोविकासलाई तिव्रता दिनका निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तिर्थ बहादुर थापाले जानकारी दिनुभयो । उक्त कार्यक्रम भदौ १० गते आईतबार पुर्वाह्न्न ११ बजे कोपिला नेपालको प्राङ्गणमा सांकेतिक रुपमा मनाउन लागिएको हो । 
कार्यक्रम मार्फत विभिन्न कठिन परिस्थितीमा रहेका दिदीबहिनी तथा महिला, बालबालिकाहरुको घाउमा मलहम लगाउने एक पुण्य कार्य यस चाडले गर्ने संस्थाका कार्यकारी निर्देशक विना सिलवालले बताउनुभयो । समाजमा एकअर्का प्रति संरक्षण र सुरक्षाको प्रत्याभुति दिलाउनका निम्ति सहज वातावरण सृजना गर्ने उद्धेश्य कार्यक्रमको रहेको उहाँको भनाई थियो । 
बुलौंदी–६ का बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकबाट रक्षा बन्धन ग्रहण गर्ने कार्यक्रममा सहभागिता र एक्यबद्धता जनाइदिनका लागि कोपिला नेपालले विज्ञप्ती मार्फत सम्पुर्ण दाजुभाईहरुलाई आग्रह समेत गरेको छ ।

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...