00:00:00

समाचार

ad-img

स्वाभिमान कृषि सहकारीद्धारा प्रथम बार्षिकोत्सवमा सहकारी सम्बन्धि आधारभुत प्रशिक्षण

विमला भण्डारी 
 
जेठ २६, पोखरा
 पोखरा लेखनाथ महानगरपालिका विरौटा–१७ मा रहेको स्वाभिमान कृषि सहकारी संस्था लिमिटेडको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । 
संस्थाले विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो । यसैबीच कार्यक्रममा बोल्दै स्वाभिमान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कार्कीले संस्थाले गरेका क्रियाकलापका बारेमा जानकारी दिनुभएको थियो । उहाँले एक वर्षको अवधीमा संस्थाले उद्देश्य अनुरुपका धेरै राम्रा काम गर्न सफल भएको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभयो । कृषि सहकारी भएकाले संस्थाले कृषि उत्पादन तथा बजारीकरण र ऋण लगानीमा प्रोत्साहन गरेको जनाउँदै आगामी दिनहरुमा पनि संस्थालाई अझ सशक्त रुपमा अगाडी बढाउने उहाँको प्रतिबद्धता थियो । 
यसका साथै संस्थाले आफ्नो प्रथम वार्षिकोत्सवको अबसरमा सेयर सदस्यहरु तथा सञ्चालकहरुलाई सहकारी सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो । करिब ९५ जनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष लक्ष्मण कार्की, संस्थाका कोषाध्यक्ष कमल बहादुर रेग्मी, लेखासमिति संयोजक बेद बहादुर थापा, सल्लाहकारहरु देवी बहादुर थापा, पदम बहादुर थापा र लेखा समिति सदस्य सहारा पोखरेल लगायतले गर्नुभएको थियो । उद्घाटन समारोहमा कर्नेल कृष्ण बहादुर खत्रि, गणेश बहादुर के।सी।, राम बहादुर ढकाल र खम बहादुर केसीले सहकारीले एक बर्षमा प्राप्त गरेको सफलता प्रति खुसी व्यक्त गर्दै शुभेच्छा प्रकट गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सञ्चालक सदस्य मनशान्ति क्षेत्रीले राख्नुभएको थियो ।
२ करोड सेयर पुँजी रहेको उक्त सहकारी संस्थाको बचत निक्षेप संकलन १ करोड रहेको छ भने सेयर सदस्य संख्या ७८८ पुगेको छ । सहकारीमा सदस्यहरुलाई विभिन्न उद्देश्यका लागि ३ करोड भन्दा बढी ऋण लगानी रहेको छ ।

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...